२०८२ फाल्गुन २४ , आइतवार

पर्यटन विधेयक दफावार छलफलका लागि विधायन समितिमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रियसभाले ‘पर्यटन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्र्रीप्रसाद पाण्डेले राख्नुभएको उक्त विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १४ गते बुधबार दिउँसो १ः१५ बजे बस्नेछ ।
रासस