२०८२ फाल्गुन २३ , शनिवार

सुनको मूल्य ११०० रुपैयाँ घट्यो

5fb766e81eece_gold_price

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ११०० रुपैयाँले घट्यो हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार ११०० रुपैयाँ घटेर तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी २ हजार ३४० रुपैयाँ कायम भएको थियो । यस आधारमा चाँदी आइतबार तोलामा ५० रुपैयाँ घटेर कारोबार भएको छ ।