
सुनाखरी न्युज/ काठमाडौं ।
अनमोल केसी र जसिता गुरुङ स्टारर रोमान्टिक ड्रामा ‘जेरी अन टप’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले विहिबार पोस्टर सार्वजनिक गर्दै फिल्म असोज ३१ गते (१७ अक्टोबर)मा रिलिज हुने जनाएका हुन् ।सार्वजनिक ३ पोस्टरमध्ये दुईमा अनमोल र जसितालाई चित्रण गरिएको छ । अर्कोमा आँचल शर्मासँग अनमोल देखिएका छन् । फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । कथा हेमराज बीसीको छ । सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले फिल्म निर्माण गरेका हुन् । यो फिल्ममा भुवन केसी, उषा खड्गी र केदार घिमिरेको पनि अभिनय छ ।