२०८२ फाल्गुन २९ , शुक्रवार

मधेशको सुक्खा क्षेत्रमा प्रधानमन्त्रीको हवाई अवलोकन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईं प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए । शुक्रबार महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरबाट सुक्खाग्रस्त क्षेत्रको अवलोकन पनि गरेका हुन् ।