२०८२ फाल्गुन २६ , मंगलबार

चितवनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

accident 32

सुनाखरी न्युज/ काठमाडौं ।

चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०५१० नम्बरको तरकारी बोक्ने बोलेरोले गएराति टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र.०३–००१ ख ३३६५ नम्बरको रात्रि बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।गाडीको ठक्करबाट मोटरसाइकल चालक चितवनको कालिका नगरपालिका २ बस्ने ३५ वर्षीय मुकुन्द कँडेल गम्भीर घाइते भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राती १ः१९ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।