
साउन महिनाको पहिलो दिन श्रावण संक्रान्ति अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ।
भगवान् शिव महिना मानिने साउनमा महिला भक्तजन हरियो चुरा, माला लगाउने, मेहँदी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजाअर्चना गर्न पुग्छन्।
साउन सुरुआतसँगै मन्दिर परिसर श्रद्धालुको भीडले भरिएको छ।


