२०८२ फाल्गुन ३० , शनिवार

Nobel College of Health and Education (P) Limited – Frontline Hospital बिच नगद रहित (Cashless) सेवा सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको Nobel College of Health and Education (P) Limited – Frontline Hospital बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र Nobel College of Health and Education (P) Limited – Frontline Hospital का क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म Nobel College of Health and Education (P) Limited – Frontline Hospital बाट नगद रहित हस्पिटलाईजेशस (Cashless Hospitalization) सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मीले Nobel College of Health and Education (P) Limited – Frontline Hospital ले आफना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (Cashless Hospitalization) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुभयो । सोही अवसरमा क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले अस्पतालसँग सन्तुष्ट ग्राहकमहानुभावहरुको संख्यामा वृद्धि हुँदै गएको । कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराउनु भयो ।