२०८२ फाल्गुन २७ , बुधवार

कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ

mahila-pakrau_bhSfwDW70N_msyekutb1rvi5ylj3uae2rt773caoa9ioygythekcrmmbzpvpbhu8acjgb8n_H8WNpgfnQj_bqrqfkaykamdjzdkdtztwhsnnlhfqkqfujynfef7ts5dlfe3kcifkovwg7f9

सुनाखरी न्युज/ काठमाडौं ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका – ११ देवीनगरबाट एक महिला मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी छन् । ८ वर्ष पहिले ३ जना महिलालाई भारत हुदै कुवेत लगेर बेचबिखन गरेको अभियोग लागेकी बुटवलकी एक महिलालाई आज प्रहरीले पक्राउ गरेको छ ।

परियारलाई बुटवल प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । २०७४ सालदेखि हालसम्म फरार रहेकी परियारलाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

मुद्दा परेलगत्तै फरार रहेकी उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रकाउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । मानव बेचबिखन कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ८ वर्ष पहिले ३ महिलालाई भारत हुँदै कुबेत लगेर बेच्न लागेको कसुरमा परियार विरुद्ध मुद्दा परेको थियो ।