२०८२ फाल्गुन २८ , बिहिवार

दुई विधेयक प्रमाणीकरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बाग्मती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित भइआएको दुईवटा अर्थसम्बन्धी विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ तथा प्रदेश सरकारको अर्थ प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको सचिवालयका कानुन अधिकृत प्रकाश चौलागार्इंले जानकारी दिनुभयो । विधेयक प्रमाणीकरण गरिएपछि अब बाग्मती प्रदेश सरकारका लागि आगामी साउन १ गतेदेखि सञ्चित कोषबाट रकम खर्च गर्ने र प्रदेशभित्र राजस्व सङ्कलन गर्नेतर्फ अधिकार प्रत्यायोजित भएको उहाँले बताउनुभयोे । विधेयक प्रमाणीकरण भएलगत्तै प्रदेश सरकारका लागि अब प्रदेश विनियोजन ऐन २०८२ र प्रदेश आर्थिक ऐन २०८२ कार्यान्वयनमा आउने कानुन अधिकृत चौलागार्इंले बताउनुभयो ।
रासस