२०८२ फाल्गुन २३ , शनिवार

सुन आयात र बिक्रीको व्यवस्थामा पुनरावलोकन हुने

Capture

सुनाखरी न्युज / काठमाडौं ।

सुनको आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन हुने भएको छ ।सुनको कोटा र सिफारिस प्रणालीमा विकृति बढेपछि व्यवसायीले बिक्रीका आधारमा सुन आयात खुला गर्न माग गर्दै आएका छन् । व्यवसायीको मागका आधारमा वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ, राष्ट्र बैंक, बैंकर संघ, नेपाल उद्योग वाणिज्य महासंघसहितको प्रतिनिधित्व रहने गरी समिति गठन भइसकेको छ । सोही समितिको प्रतिवेदनअनुसार पुनरावलोकन गर्ने लागिएको हो ।अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा सरकारको समन्वयमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिनेछ,’ शुक्रबार गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गर्नुभएको हो ।अहिले वाणिज्य बैंकले आयात गरेको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ, रत्न तथा आभूषण महासंघ, हस्तकला महासंघ र नेपाल कला व्यवसायी संघको सिफारिसमा गहना व्यवसायीले किन्न पाउँछन्।