२०८२ फाल्गुन २६ , मंगलबार

नेपाली र जर्मन व्यवसायिक प्रतिनिधिहरू व्यवसाय सम्भावनाहरू बुझ्न हम्बर्गको एयरबसमा

Capture

सुनाखरी न्युज / काठमाडौं ।

जुलाई 13, 2025 – जर्मनी र OAV – जर्मन एशिया एशिया प्रशान्त व्यवसायिक संघ र नेपाल जर्मन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जर्मनीको हाम्बर्गमा लगानीलाई सुदृढीकरण गर्न एयरबस कार्यालय मा विशेष बैठक सम्पन्न गरेको छ। अल्मुट रोबनेर , प्रमुख, जर्मन एशिया एशिया प्रशान्त व्यवसायिक संघ का ले नेपाली व्यवसायिक प्रतिनिधिहरूलाई थप व्यापार साझेदारीलाई नवीन तरीकाले लानु पर्ने बताउँदै त्यस कार्यक्रम मा स्वागत गर्दै बताए । इनेस बुदारिक, दक्षिण एसिया, जर्मन एशियाका लागि क्षेत्रीय प्रबन्धक ले नेपाल र जर्मनी दुई देशहरु बीच व्यापारिक कारोबार बढाउन पर्ने जर्मनीलाई कुरामा जोड दिँदै दुई देश नेपाल र जर्मनीलाई व्यवसाय बढाउन महत्वपूर्ण हुने कुरा ह्याम्बर्गमा बैठकलाई सम्बोधन गर्दै बताउनु भयो। नेपाली राजदूतावास जर्मनी का राजदूत महामहिम डा सैल रुपाखेती को प्रयासमा सम्पन्न कार्यक्रम मा उहाले दुई देश बीच आर्थिक गतिविधि साथै लगानी बढाउन धेरै अवस्वाक रहेकी बताउनु भयो। राजदूत ले नेपाल जर्मनी उद्योग वाणिज्य संघ को संयोजकत्वमा नेपाल र जर्मनी बीच व्यापार तथा लगानी बढाउन पर्ने कुरा बताउनु भएको छ।

पर्यटन तथा अन्य क्षेत्रमा धेरै नै लगानी को सम्भावना भएकोले सन्तोष चन्द्र कुवार को अध्यक्षमा ससंचालित जर्मन उद्योग वाणिज्य संघले धेरै भूमिका खेल्नु पर्ने बताउनु भएको छ। उक्त बैठकमा १५० भन्दा बढी व्यवसायिक सहभागीले भाग लिए भने उनीहरु नेपाली, जर्मन, चिनियाँ, चीन, भारत, पाकिस्तान र अन्य देशका रहेको कुरा बताइको छ। उक्त कार्यक्रम मा विभिन्न देशका दभभचक हरू राखिएको थियो जसमा नेपालको बारसिंहे बियर उत्कृष्ट भएको थियो । बारासिंहे बियर को तर्फबाट जर्मनी स्थित मुस्कान श्रेष्ठ र रवि केसी उपस्थित भई बियर बारे सम्पूर्ण जानकारी गराएको थियो। त्यसैगरी अन्य सहभगीहरमा, पर्यटन क्षेत्र बाट भोला थापा, ह्याम्बर्ग मा रहनु भएका दावा छिरिङ शेर्पा र बर्लिन का धेरै वर्ष पुराना व्यवसायी सञ्जय श्रेष्ठ लगायत व्यवसायी हरुले दुई देश बीचको लगानीको उच्च संभावना भएको र यसलाई उपयोग गर्ने कुरा बताउनु भएको थियो।

एयरबस का हेलिकप्टर नेपालमा सगरमाथा बेस क्याम्प सम्म उड्न सफल भएको मा हर्मन लगानीकर्ताहरुले हर्ष व्यक्त गरेका थिए। जर्मन बाट नेपाल ले हेलिकप्टर आयात गरिरहेको छ। साथै नेपाली ईन्जिनियर्स हरुले राम्रो काम गरिरहेको बारे एयरबस अधिकारीहरूले बताएका छन्। तर नेपाल ले अंतरराष्ट्रीय बोलपत्र गर्दा त्यसलाई झेलेर अगाडि बढ्न धेरै कठिनाई भएको कुरा एनजिसीसीई का अध्यक्ष सँग व्यक्त गरिएको बताईएको छ। यसलाई सुधार्न सके दुई देश बीच आर्थिक गतिविधि झन् बढ्ने जर्मन लगानी कर्ताहरु बताउँछन्। आगामी दिनमा नेपाल जर्मनी उद्योग वाणिज्य संघका अध्यक्ष ले B2B मीटिंग साथै दुई देश बीचको अन्य डेलिगेसन लाई प्रभावकारी रुपमा लानको लागि आशा व्यक्त गर्दै दुई देशको लगानीमा ठूली टेवा पुग्ने कुरा जर्मनका लागि नेपाली राजदूत महामहिम डा सैल रुपाखेती ले बताउनु भएको छ।