२०८२ फाल्गुन २६ , मंगलबार

काठमाडौँ महानगरको कार्यपालिका बैठक एक मिनेटमा सकियो

balen-e1684685164446

सुनाखरी न्युज  / काठमाडौं ।

६ महिनापछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै अन्त्य भएको छ । शुक्रबार बसेको बैठकमा मेयर बालेन्द्र साह ‘बालेन’ले एउटा मात्र एजेण्डा प्रस्तुत गरेर बैठक अन्त्य गरेका हुन् ।शुक्रबारको बैठकका लागि २४ वटा एजेण्डा तय गरिएको थियो ।

तर, मेयर साहले आज एउटामात्र एजेण्डा रहेको भन्दै १७औँ नगरसभाको अधिवेशन यही असार २९ गते दिनको २ बजे बस्ने र त्यसअघि बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेश गरे।  एजेण्डामा २४ वटा गएको भएता पनि आज एउटा मात्र एजेण्डा राख्ने कुरा भएको छ ।

काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा यही असार २९ गते दिउँसो २ बजे र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेस गर्न चाहान्छु’, उनले भनेका थिए । यही एउटा विषय पेश गरेर उनले बैठक अन्त्य गरे । काठमाडौं महानगरपालिकाभित्र काठमाडौं टावरको नक्सा पाससम्बन्धी विवाद चर्किएपछि मेयर साहले बैठक डाकेका थिएनन् ।