२०८२ फाल्गुन २९ , शुक्रवार

राप्रपामा विवाद बढ्यो, धवल शम्शेरले गरे छुट्टै भेला

rpp

सुनाखरी न्युज/ काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्तरिक विवाद चुलिएको छ ।

इतर समूहले  अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दैछुट्टै भेला गरेको छ । पार्टीका महामन्त्री शवलशम्शेर राणाको नेतृत्वमा छुट्टै भेला बसेको हो । भेला राणाकै नक्सालस्थित सचिवालयमा बसेको हो ।

 

उनीहरुले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रुपमा संगठन चलाएको आरोप लगाएका छन् ।

राणासहितका नेताहरुले लिङ्देनका पछिल्ला काम(कारबाही प्रक्रिया संगत नभएको भन्दै निर्वाचन आयोगलाई जानकारी गराउने तयारी गरेको स्रोतको भनाइ छ ।

 

केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यो निर्णयलाई राणा समूहले अवैधानिक भनेको छ ।