२०८३ बैशाख २१ , सोमवार

रसुवाको रसुवागढी क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द

DJI_20250710160018_0728_D-scaled-e1752202479502-1536×1037

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल चीन नाका क्षेत्रको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।

सो बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको छ ।बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

बाढीका कारण पानी निकास हुने सुरुङबाटै बाढी पस्दा पावर हाउस जलमग्न भएको छ भने हेडबक्स लगायत अन्य संरचनामा क्षति पुगेको स्टेसन हेड अधिकारीले बताए ।