
सुनारखी न्युज/ काठमाडौं ।
सरकार र आन्दोलनरत सुनचाँदी ब्यवसायी महासंघहरु वीच आज अर्थ मन्त्रालयमा भएको वार्ता सफल भएको छ । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सरकारी प्रतिनिधी र ब्यवसायीवीचको बार्तामा सहमति कायम भएको छ । यो सँगै अनिश्चितकालिन ब्यसाय बन्द र आन्दोलनका कार्यक्रमको बिषयमा पनि सहमति जुटेको छ ।
विस्तृत विवरण केही वेरपछि….
अर्थ मन्त्रालयका अधिकारीहरुका साथै नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी ब्यवसायी तथा कालिगढ संघर्ष समितिका उच्च पदस्थ ब्यीक्तहरु वार्तामा समावेस छन् ।
सरकारले आगामी आर्थिक बर्षको बजेट माफतृ ल्याएको अब्यवहारिक कर नीतिको विरोधमा सुनचाँदी ब्यवसायी आन्दोलनमा छन् । उनीहरुले सुन तथा सुनका गरगहनाको विक्री लगाइएको २ प्रतिशत विलासिता कर र हिरावाहरातमा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको माग गरेका छन् ।