
सुनाखरी न्युज/ काठमाडौं ।
भारतको बहुचर्चित टिभी शो ‘क्योंकी सास भी कभी बहू थी’ २५ वर्षपछि सानो पर्दामा पुनरागमन गर्दैछ । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार अब यो टिभी सिरियल ओटिटी वेब सिरिजको रूपमा प्रसारण हुनेछ। सन् २००० देखि २००८ सम्म यस शोको १८३३ एपिसोड प्रसारण भएको थियो। वर्षौंपछि एकता कपूर र स्मृति इरानीले एक साथ काम गर्दैछन् । एकता कपूरले सामाजिक सञ्जालमा एक पोस्टमा शो बारे लेखेकी छिन् ।
दुई टिभी शो ‘क्यूँकी सास भी कभी बहू थी’ र ‘कहानी घर घर की’ले उनलाई घरघरमा परिचत तुल्यायो । सप्ताहन्तभर गृहिणी उनका सिरियलको पर्खाइमा हुन्थे । त्यो सिरियलको ‘ब्याकग्राउण्ड स्कोर’ प्रत्येक भारतीय घर-घरको राष्ट्रिय गानजस्तै बन्थ्यो । यतिबेला उनै एकता दर्शकलाई त्यो ‘नोस्टाल्जिक मोमेन्ट’लाई ताजा तुल्याउने कार्यमा लागिपरेकी छन् ।आठवर्षसम्म चलेको शोको क्लाइमेक्स एपिसोड सन् २००८ को सेप्टेम्बरमा प्रसारण भएको थियो ।
सीमितरुपमा तयार पार्न लागिएको यो शोको निर्माणको तयारी चलिरहेको छ । एकताले यो शोको समाचारलाई गोप्य राख्ने प्रयास गरिरहेकी छन् ।योसँगै पूर्वमहिला तथा बाल विकासमन्त्री समेत रहेकी इरानीले आफ्नो पात्र तुलसी विरानीलाई चित्रणको लागि मिहेनत गरिरहेकी छन्। एकता कपूरले जुन २०२५ मा क्योंकी सास भी कभी बहू थीु सिरिज घोषणा गर्ने योजना बनाएकी छन्।