
सुनाखरी न्युज/ काठमाडौं ।
फिल्म ‘जनै हराएको मान्छे’ का निर्माता विमल न्यौपानेका अनुसार फिल्म रहेको ‘आधाआधी सपनाहरू भइदिएन पुरा’ गीतको प्रमोसनल भिडियो छायांकन भइरहेको समयमा गायक गौतम एक्कासी ढल्न पुग्नुभयो, निर्माता न्यौपानेले भने, ‘उहाँको प्रेसर लो भएको छ।
तुरुन्तै सेटमा डाक्टर बोलाएर उपचार गर्दा नर्मल भयो। ’ सबै कुरा ठीकठाक भएपछि थानेश्वर पुनः तयार भए अनि छायांकन सुरु गरियो । ‘उहाँको शरिरमा पानीको अभाव भएको रहेछ । केही समयपछि ठीक हुनुभयो र छायांकन सक्यौं’ । सेटमा बिहानैदेखि केही नखाएका कारण उनलाई त्यस्तो भएको हुन सक्ने निर्माताले अनुमान लगाए। ‘केही समयपछि होसमा आएपछि उहाँले फेरि छायांकन गर्नुभयो’ न्यौपानेले थपे।
फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ।