
सुनारखी न्युज/ काठमाडौं ।
सरकार र आन्दोलनरत सुनचाँदी ब्यवसायी महासंघहरु वीच आज अर्थ मन्त्रालयमा वार्ता भएको छ । अर्थ मन्त्रालयका अधिकारीहरुका साथै नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी ब्यवसायी तथा कालिगढ संघर्ष समितिका उच्च पदस्थ ब्यीक्तहरु वार्तामा समावेस छन् ।
सरकारले आगामी आर्थिक बर्षको बजेट माफतृ ल्याएको अब्यवहारिक कर नीतिको विरोधमा सुनचाँदी ब्यवसायी आन्दोलनमा छन् । उनीहरुले सुन तथा सुनका गरगहनाको विक्री लगाइएको २ प्रतिशत विलासिता कर र हिरावाहरातमा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको माग गरेका छन् ।