२०८३ बैशाख २१ , सोमवार

त्रिविको उपकुलपतिमा डा. अर्याल नियुक्त

Deepak-aryal

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् । समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान संकायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो।

उपकुलपति प्रा डा केशरजंग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए।

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा.  विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।