
सुनाखरी न्युज/ काठमाडौं ।
बलिउडकी सुपरस्टार दीपिका पादुकोणको नाम प्रतिष्ठित ‘हलिउड वाक अफ फेम’ सूचीमा समावेश भएको छ। सन् २०२६ का लागि सार्वजनिक गरिएको सूचीमा उनी ‘मोशन पिक्चर्स’ श्रेणी अन्तर्गत चयन हुने पहिलो भारतीय कलाकार बनेकी छिन् । २०२६ को लागि घोषणा गरिएको हलिउड वाक अफ फेमु को सूचीमा, दीपिका फिल्मको श्रेणीमा छनोट भएका ३५ दिग्गजहरूमा परेकी हुन् ।
यस प्रतिष्ठित सूचीमा दिपीकासँगै हलिउड सुपरस्टार एमिली ब्लन्ट, टिमोथी चालमेट, क्रिस कोलम्बस, मारियन कोटिलार्ड, किथ डेभिड, रामी मलेक, राहेल म्याकएडम्स, डेमी मूर, फ्रान्को नेरो, मल्ली रिंगवाल्ड स्टेनली टुची, कार्लो रम्बोल्डी र टोनी स्कट रहेका छन् । दीपिका पादुकोणले आलिया भट्ट, रश्मिका मन्दाना र कियारा आडवाणी जस्ता नयाँ पुस्ताका अभिनेत्रीहरूलाई मात्र पछाडि पारेकी छैनन्, तर प्रियंका चोपडा जस्ता विश्वव्यापी रूपमा स्थापित स्टारहरूलाई पछि पारेकी छन् ।
दीपिकाले आफूलाई बलिउडमा मात्र सीमित राखिनन्। उनलेट्रिपल एक्सस् रिटर्न अफ जेन्डर केजु जस्तो फिल्मबाट हलिउडमा प्रवेश गरिन् र त्यहाँ पनि आफ्नो अभिनय क्षमता प्रमाणित गरिन् । अब वाक अफ फेमको हिस्सा बनेर उनले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएकी छिन् । २०१८ मा, टाइम पत्रिकाले दीपिकालाई विश्वका १०० प्रभावशाली व्यक्तित्वहरूमा समावेश गरेको थियो । यसपछि, उनले टाइम १०० इम्प्याक्ट अवार्ड र फिफा विश्वकप २०२२ को फाइनलमा ट्रफी अनावरण गर्ने अवसर प्राप्त गरेकी थिइन् ।