
सुनाखरी न्युज/ काठमाडौं ।
बलिउड फिल्म ‘रामायण’ मा अभिनेता अमिताभ बच्चनको अभिनय हुने भएको छ। पछिल्लो खबर अनुसार राजा दशरथको भूमिकामा भने महानायक अमिताभ बच्चनलाई अनुबन्ध गरिएको छ। तर यस विषयमा आधिकारिक घोषणा भने भइसकेको छैन। अमिताभ दशरथको भूमिकामा फिट हुने फिल्म समीक्षकहरुले बताएका छन्।अभिनेता रणवीर कपूरको मुख्य भूमिका हुने फिल्म स्टार कास्टको कारण चर्चामा छ। फिल्ममा अमिताभले राजा दशरथ पात्रको भूमिकामा देखिनेछन्। फिल्ममा रणवीरले राम पात्रको भूमिका गर्दैछन्। रामको बाबु बनेर अमिताभले फिल्ममा भूमिका निर्वाह गर्ने लागेका हुन्।
नितेश तिवारीले निर्देशन गर्ने फिल्ममा हालै अभिनेत्री जान्हवी कपूर अनुबन्धित भएकी छन्। फिल्ममा उनी सीताको भूमिकामा देखिनेछिन्।यश फिल्ममा रावणको भूमिकामा देखिनेछन्। जुलाई ३ मा, निर्माताहरूले पहिलो लुक टिजर साझा गरेका छन्। जसमा राम र रावणको झलक देखाइएको छ।
रामायण दुई भागमा रिलिज हुँदैछ। यसको पहिलो भाग २०२६ को दिवालीमा र दोस्रो भाग २०२७ को दिवालीमा रिलिज हुनेछ। फिल्म रिलिज हुन अझै एक वर्षभन्दा बढी समय बाँकी छ तर यसको बारेमा धेरै चर्चा छ। लुक टिजरमा रणबीर कपूर रामको अवतारमा रूख चढेर धनुष हानेको देखिन्छ। उनको पहिलो झलक देखेपछि फ्यानहरू पागल भएका छन्। फ्यानहरूले फिल्मको बक्स अफिस कलेक्शनको बारेमा भविष्यवाणी गर्न थालेका छन्। रणवीरको लुकको धेरै प्रशंसा भइरहेको छ। फ्यानहरू रणवीर र यशलाई आमनेसामने हेर्न उत्सुक छन्।