२०८२ फाल्गुन २६ , मंगलबार

कुलिङ पिरियडको गडबडी छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति बन्ने

Parliament-of-Nepal-Samsad-Bhawan-BICC

सुनाखरी न्युज/ काठमाडौं ।

संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ ।

उनका अनुसार समिति ७ सदस्यीय रहनेछ । उनका अनुसार समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गर्नेछ ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

 

 

जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २-२ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १-१ जना सदस्य रहनेछन् ।

 

बर्तौलाका अनुसार संसद्को नियमावलीको १८० बमोजिम उक्त समिति बनाउने निर्णय भएको हो ।