
सुनाखरी न्युज/ काठमाडौं।
सुनमा लगाइएको विलासिता करको बिषयमा नेपाल राष्ट्र बैंक टक्सार महाशाखासंग नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधि मण्डलले भेटघाट तथा छलफल गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्यको नेतृत्वमा गएको टोलीले महाशाखाका निर्देशक लक्ष्मी प्रसाद प्रसाईंसंग सुनचाँदी व्यवसायको वर्तमान अवस्थाको बारेमा छलफल गरेका हुन्।
टक्सारले सिक्का निकाल्न गईरहेको र भएको सुन कसरी शुद्धीकरण गर्ने सम्बन्धमा महाशाखाबाट जिज्ञासा भएबमोजिम छलफल भएको महासचिव बज्राचार्यले बताउनुभयो।
उक्त छलफल कार्यक्रममा महासंघबाट सहकोषाध्यक्ष पद्म सुन्दर शाक्यको पनि उपस्थिति रहेको थियो।