२०८२ फाल्गुन २३ , शनिवार

सुनचाँदी ब्यवसायीहरुको आन्दोलन र वार्ता सँगसँगै, भोलिदेखिको लागि आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्न दुवै महासंघको संयुक्त बैठक बस्दै

ird2

सुनाखरी न्युज/ काठमाडौं ।
आगामी आर्थिक बर्षको बजेटमा समेटिएको अब्यवहारिक कर नीतिको विरोधमा देशभरका सुनचाँदी ब्यवसायी आन्दोलनका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी ब्यवसायी रत्न तथा आभुषण महासंघले संयुक्त रुपमा गत असार १३ गते देखि अनिश्चितकालिन बन्द सँगै आन्दालनका कार्यक्रम घोषणा गरेका हुन् ।

आन्द्याृलनलाई थप सशक्त र प्रभावकारी वनाउन आज शनिबार दुवै महासंघको संयुक्त बैठक बस्ने र आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेपाल सुनचाँदी ब्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यले बताउनुभयो ।

महासंघहरुले आन्दोलन सँगै सरकारसँग वार्ता र छलफललाई पनि निरन्तरता दिएका छन् ।

 

यसैक्रममा हिजो शुक्रबार अर्थमन्त्रालयमा दुवै महासंघका संयुक्त पदाधिकारीहरु, नेपाल राष्ट्र बैंक, भन्सार विभाग, आन्तरिक राजस्व् विभागव लगायतका सरकारी निकायका प्रतिनिधहिरुवीच समस्या समाधानका बिषयमा गंभिर छलफल भएको थियो ।