२०८२ फाल्गुन २३ , शनिवार

देशै भरका सुनचाँदी व्यवसायीहरू पसल बन्द गरेर सडकमा

Fenegosida Andolon

सुनाखरी न्युज/ काठमाडौं ।
देशै भरका  सुनचाँदी व्यवसायीहरू पसल बन्द गरेर सडकमा उत्रिएका छन्।

शुक्रबार नेपाल सुन चाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ को अगुवाइमा व्यवसायीहरूले र्‍याली निकालेका हुन्। माइतीघर मण्डलदेखि निकालिएको उक्त र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत हुनेछ।

व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरहरूको पनि साथ रहेको छ।

सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।

आगामी आवको बजेटमार्फत् सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत कर लगाएको छ।

यो करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन्।

काठमाडौं सँगै देशै भरका सुनचाँदी ब्यवसायी सडक आन्दोलनमा छन् ।