२०८२ फाल्गुन २९ , शुक्रवार

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

dil-bhusan-pathak-new-1024×681

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन्। आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो।

नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाउने सामाग्री प्रशारण गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको थियो।