२०८२ फाल्गुन २४ , आइतवार

एसीसी यू-१६ इस्ट जोन कप:  नेपाल मलेसियालाई हराउँदै एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

cricket-20-1024×683

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल मलेसियालाई हराउँदै  एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियालाई ९ विकेटले हराउँदै बिहीबार भएको सेमिफाइनलमा  नेपाल उपाधिनजिक पुगेको हो ।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रनमा नटआउट रहे । शिवांश बजगाइले अविजित २३ रन बनाए ।

 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि ९० रनमा अलआउट भएको थियो । मलेसियाले ४३।१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो ।

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।