
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल मलेसियालाई हराउँदै एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । मलेसियालाई ९ विकेटले हराउँदै बिहीबार भएको सेमिफाइनलमा नेपाल उपाधिनजिक पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रनमा नटआउट रहे । शिवांश बजगाइले अविजित २३ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि ९० रनमा अलआउट भएको थियो । मलेसियाले ४३।१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो ।
मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।