२०८२ फाल्गुन २६ , मंगलबार

पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित

dil-bhusan-pathak-new-1024×681

सुनाखरी न्युज/ काठमाडौं ।

पत्रकार दिलभूषण पाठक आज जिल्ला अदालतमा उपस्थित भएका छन्। आजै उनको प्रारम्भिक बयान लिइने र थुनछेक सम्बन्धी बहससमेत हुने भएको छ। साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएकाले पाठक जिल्ला अदालत उपस्थित भएका हुन् ।

अब उनीविरुद्ध थुनछेक बहस हुनेछ । साइबर ब्युरोमा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

अभियोगमा पाठकले युट्युब च्यानलमार्फत् प्रसारण गरेको भिडियोले सामाजिक प्रतिष्ठा, सार्वजनिक नैतिकता, र शिष्टाचारमा आँच पुर्याएको तथा चरित्र हत्या गरेको दाबी गरिएको छ ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनका छोरा जयवीर देउवाको तारे होटल हिल्टनसहित अस्ट्रेलिया, क्यानडा र दुबईमा लगानी रहेको दाबी गर्दै कार्यक्रम प्रसारण गरेका थिए । यसै विषयमा साइबर ब्यूरोले १६ असारमा घृणा फैलाएको आरोपमा मुद्दा दायर गरेको थियो। अदालतमा भिडियो, स्क्रिनसट र कागजातहरू पेस गरिएका छन्।