२०८२ फाल्गुन ३० , शनिवार

नेपालमा सामसङ Galaxy Buds Core सार्वजनिक – किफायती मूल्यमा प्रिमियम साउन्ड र ग्यालेक्सी एआई

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, Galaxy Buds Core , नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ। जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन्, जसले प्रिमियम फिचरहरू जस्तै उत्क्रिष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन (ANC), र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र रु. ७,३९९ को किफायती मूल्यमा उपलब्ध गराएको छ । कालो र सेतो रंगमा उपलब्ध Galaxy Buds Core नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ। कम्प्याक्ट । शक्तिशाली । स्मार्ट। Galaxy Buds Core ले डायनामिक ड्राइभरहरूको प्रयोग गरी deep immersive साउन्ड तथा शक्तिशाली दबकक प्रदान गर्दछ । ANC र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन् । तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ। प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।
ग्यालेक्सी एआई इन्टरप्रिटर – तपाईँको कानमा रियल-टाइम अनुवाद
यसको प्रमुख फिचरहरू मध्ये एक हो Galaxy AI इन्टरप्रिटर, जसले आमने सामने कुराकानीको क्रममा दुईतर्फी रियल(ANC अनुवाद प्रदान गर्छ। तपाईं आफ्नै भाषामा बोल्नुहोस्, र इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्नेछ ।

दैनिक जीवनका लागि सुविधा सम्पन्न
● संगीत, कल, र भ्वाइस असिस्टेन्टका लागि टच कन्ट्रोल

● उपकरणहरूबीच सजिलै स्विच गर्नको लागि अटो स्विच र मल्टि(डिभाइस कनेक्टिभिटी

● सामसङ फाइन्ड एप मार्फत फाइन्ड माई इयरबड्स

● क्ष्एछद्ध रेटिंगका साथ पानी र धुलो प्रतिरोधी

● स्थिर र छिटो कनेक्टिभिटीको लागि ब्लुटुथ ५.४

● चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्री लाईफ (ANCको साथमा २० घण्टा)

Galaxy Buds Coreले दैनिक उपयोगिता र नवीनताको मिश्रण गर्दै, उच्चतम् विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँछ।

उत्पादन विवरण:
विशेषता –                                     वर्णन
रंग कालो,    –                                सेतो
प्रकार  –                                        इन-इयर ट्रू वायरलेस स्टीरियो (TWS)
माइक्रोफोन  –                               छ, तीन माइक प्रणाली
कनेक्टिभिटी –                               ब्लुटुथ ५.४
न्वाइज क्यान्सिलेसन –                   एक्टिभ न्वाइज क्यान्सिलेसन कल न्वाइज रिडक्सन
ग्यालेक्सी एआई फिचरहरू –         इन्टरप्रिटर (रियल-टाइम अनुवाद)
पानीरधुलो प्रतिरोध –                      पानी/धुलो प्रतिरोध IP54
ब्याट्री लाईफ-                                ३५ घण्टासम्म (ANC बिना), २० घण्टा (ANCको साथमा)
उपलब्धता-                                     जुलाई १ देखि सामसङका आधिकारिक बिक्रेताहरूमा
मूल्य (MRP) –                                NPR ७,३९९