२०८२ फाल्गुन २४ , आइतवार

शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनद्वारा “SCSMF Sports Award 2025“ को दोस्रो संस्करण सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन (SCSMF) ले आफ्नो वार्षिक “SCSMF Sports Award“ को दोस्रो संस्करण आज असार १३ गते काठमाडौंको कमलादीस्थित होटल रोयल सीङ्गीमा एक भव्य समारोहबीच सम्पन्न गरेको छ। नेपाली खेलकुदमा योगदान पु¥याएका स्थापित हस्ती र उदाउँदा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले स्थापित यो पुरस्कार समारोहमा यस वर्ष पनि एक वरिष्ठ र एक युवा खेलाडीलाई सम्मान गरियो। यस वर्षको ’ नेपाली फुटबलका महान हस्ती तथा पूर्व कप्तान राजुकाजी शाक्यलाई प्रदान गरियो। नेपाली फुटबलमा खेलाडी तथा प्रशिक्षकको रूपमा उहाँले पु¥याउनुभएको अतुलनीय र उत्कृष्ट योगदानको कदर गर्दै उहाँलाई यो सम्मान प्रदान गरिएको हो। शाक्यको नेतृत्वमा नेपालले दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो र उहाँ नेपाली फुटबलका एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। त्यसैगरी, ’SCSMF Sports Award 2025 ’ बाट नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पनि सम्मान गरियो।

देशमा भलिबल खेलको विकास र महिला खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न उहाँले पु¥याउनुभएको महत्वपूर्ण योगदानको लागि उहाँलाई सम्मानित गरिएको हो। शाहीको नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेको छ। पुरस्कार स्वरूप दुवै जनालाई रु २,५०,००० स–सम्मान नगद प्रदान गरियो। शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा उहाँका परिवारजनहरूद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो। शरद चन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात हुनुहुन्छ। उहाँ Olympic Council of Asia / एशियाली ओलम्पिक परिषद्को उपाध्यक्ष (Vice President) को रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्ति हुनुहुन्थ्यो। नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र Olympic Movement ल्याउने व्यक्ति स्व. शाहा नै हुनुहुन्थ्यो।

उहाँ २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव (:झदभच क्भअचभतबचथ) तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष (President) रहनु भएको थियो। उहाँ नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार पनि हुनुहुन्थ्यो। फाउन्डेसनको मुख्य उद्देश्य राष्ट्रको खेलकुद विकास गतिविधिहरूमा सुधारका लागि समर्पित अथवा कुनै पनि किसिमले योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्नु हो। विगतका दिनहरुमा शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनद्वारा Nepal Sports For All Commission को सहकार्यमा “नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ“ (“The Dawn of a New Era in Nepal Sports“) नामक फोटो प्रदर्शनी आयोजना गरिएको थियो। साथै, यस फाउन्डेसनद्वारा २०८० असार २६ गते मंगलबार नवीन अर्यालद्वारा लिखित “नेपाली खेलकुदको वृतान्त“ नामक किताब पनि प्रक्षेपण गरिएको थियो।