२०८३ बैशाख २५ , शुक्रवार

सचिव दुरा सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दुरा सेवा समाजले सङ्घीय संसद् सचिवालयका सचिव सुरजकुमार दुरालाई सम्मान गरेको छ । अल्पसङ्ख्यक दुरा समुदायबाट सङ्घीय संसद्को सचिव पदमा पुगी सो जातिको नाम राखेकामा समाजले सम्मान गरेको हो । दुरा समाजको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा परम्परागत शैलीमा सचिव दुरालाई सम्मान गरिएको हो । केही दिनअघि मात्र उहाँ सचिवमा बढुवा हुनुभएको थियो । सो अवसरमा सचिव दुराले आफ्नै समुदायले गरेको सम्मानले आफूलाई भावुक बनाएको र कर्तव्यपथमा निरन्तर लाग्न मार्गदर्शन गरेको बताउनुभयो ।
रासस