२०८२ फाल्गुन २३ , शनिवार

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघद्धारा अब्यवहारिक कर नीतिको विरोधमा अनिश्चितकालिन ब्यवसाय बन्दको घोषणा

sss

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघद्धारा अब्यवहारिक कर नीतिको विरोधमा अनिश्चितकालिन ब्यवसाय बन्दको घोषणा गरेका छन् । दुवै महासंघका पदाधिकारीहरुको बिहिबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

 

 

दुवै महासंघका प्रदेश-जिल्ला- नगर-वस्तुगत संघ, एशोसिएटस सदस्य एवं ब्यवसायीहरुको लिखित एवं मौखिक सुझावलाई दुवै महासंघले मनन गर्दै आर्थिक बर्ष २०८२-८३ को बजेटमा थप गरिएको विलासिता कर र भ्याट सम्वन्धी अब्यवहारिक कर नीतिलाई नेपाल सरकारवाट पुनर्विचारगरी खारेजीको माग राख्दै २०८२ असार १३ देखि अनिश्चितकालिनरुपमा ब्यवसाय बन्द गर्ने निर्णय भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अुर्जन रसाइलीले बताउनुभयो । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारले ब्यवसायीका माग पुरा नभएसम्म आन्दोलन जारी रहने वताउनुभयो ।

महासंघहरुले घोषणा गरे अनुसार असार १३ गते शुक्रार वागमतिको काठमाडौंमा र अन्य स्थानको सवै जिल्ला सदरमुकाममा विरोध ¥यालीको आयोजना हुने छ भने १४ गते शनिबार देखि अनिश्चितरुपमा देशभरमा सुनचाँदी, हिराजवाहरात ब्यवसाय बन्द हुनेछन् ।