२०८२ फाल्गुन २७ , बुधवार

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका(४ देवीनगर टोलबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय १ ट्यब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(४ हरियालीनगर बस्ने २९ वर्षीय अबिनाश परियार, सोही नगरपालिका(४ दुर्गा मन्दिर बस्ने २६ वर्षीय भरत विक र २६ वर्षीय समिप पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, राजापुर नगरपालिका(४ भन्सार चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर थाना तिकुनिया बस्ने ३६ वर्षीय गुरूपाल सिंह र भारत निगोरी साजानपुर बस्ने २८ वर्षीय अमृत पाल सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले युपि ३१ बिएल ८६३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गुरूपाल र मोटरसाइकलमा सवार अमृतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।