२०८३ बैशाख २२ , मंगलबार

असार १५ गते सार्वजनिक बिदा

OIP

 

सुनाखरी न्युज/ काठमाडौं ।

कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकबाट २०८१ को चैत १७ गतेको निर्णयअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले जानकारी दिए ।

सूचनामा भनिएको छ, जुम्ला जिल्लाबाहेकका जिल्लाहरूमा मात्र सार्वजनिक बिदा लागू हुनेछ । जुम्लामा धान रोपाइँ चैत महिनामै सम्पन्न हुने परम्परा रहेकाले प्रदेश सरकारले प्रत्येक वर्ष चैत १२ गते जुम्लामा छुट्टै बिदा दिँदै आएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले असार १५ गते धान दिवसको अवसरमा विशेष औपचारिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।

‘राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक ५ जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।