
सुनाखरी न्युज/ काठमाडौं ।
लागु औषध नियन्त्रणका लागि विभाग गठन गरिने गृहमन्त्री रमेश लेखकले बताएका छन् । बिहीबार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन्। मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भिरतापूर्वक र प्राथमिकतामा राखेको बताउँदै उनले आगामी आवमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरे।
मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भीरतापूर्वक र प्राथमिकतामा राखेको बताउँदै उनले आगामी आवमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरे ।
उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको भन्दै सबैभन्दा पहिला लागुऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउन आवश्यक रहेको बताए । देशभरका कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषध दुव्र्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको पनि उनले बताए ।