२०८२ चैत्र २ , सोमवार

युद्धजन्य सुरक्षा जोखिमलाई मध्यनजर गर्दै कतारको आकाश मार्ग (Air Space)अर्को सूचना नआउन्जेलसम्मका लागि अस्थायी रुपमा बन्द

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कतार सरकार तथा त्यहाँको General Civil Aviation Authority द्वारा २०२५ जुन २३ मा जारी गरिएको आधिकारिक NOTAM सूचना मार्फत सम्भावित युद्धजन्य सुरक्षा जोखिमलाई मध्यनजर गर्दै कतारको आकाश मार्ग (Air Space)अर्को सूचना नआउन्जेलसम्मका लागि अस्थायी रुपमा बन्द गरिएको जानकारी प्राप्त भएको थियो । यसैबीच, कतार सरकारको निर्णयानुसार हाल कतारको आकाश मार्ग पुनः संचालनमा आइसकेपछि निगमले २०२५ जुन २४ (२०८२ असार १० गते) दिनको १३:३५ बजे प्रभावित यात्रुहरुको लागि वैकल्पिक उडानको व्यवस्था गरि उडान भरिसकेको जानकारी गराईन्छ । उक्त परिस्थितिका कारण नेपाल वायुसेवा निगमद्वारा संचालित RA-२३९/२४० (काठमाडौँ – दोहा – काठमाडौँ) उडान २०२५ जुन २३ (२०८२ असार ९ गते) प्रभावित हुन पुगेको र यस बाह्य परिस्थितिका कारण यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति नेपाल वायुसेवा निगम दुःख प्रकट गर्दछ ।

पुनश्चः २०२५ जुन २३ को प्रभावित RA-२३९/२४० उडानका लागि टिकट बुक गरिसक्नु भएका र आफ्नो गन्तव्यमा जान नसक्नु भएका यात्रु महानुभावहरूलाई नेपाल वायुसेवा निगमको अन्य नियमित उडानहरूमा निःशुल्क मिति परिवर्तन (Date Change) वा टिकटको पूर्ण रकम फिर्ता (Full Refund) प्रचलित नियामानुसार निगमका कार्यालय मार्फत उपलब्ध गराइनेछ । नेपाल वायुसेवा निगम यात्रु महानुभावहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी अन्र्तराष्ट्रिय नियमानुसार Unforeseen & Unpredictable Situation मा सुरक्षित उडानको पूर्ण प्रत्याभुति गराई मात्र उडान सुचारु गरेको कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।