
सुनाखरी न्युज/ काठमाडौं ।
शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवा टोलमा दुई बालबालिकाको मृत्यु भएको छ ।४/ ५ बर्ष पहिले बनेको शौचालयको सेप्टी ट्याङकी माथि माटो थुपारेर राखेको ती बालबालिकाहरुले थाहा नपाई खेलिरहेको अवस्थामा भार थेग्न नसकेर सेप्टी ट्याङकीभित्र पुरिएर मृत्यु भएको सिप्टी प्रहरी चौकीले जनाएको छ ।
गमिरा साहको छोरा एक वर्षीय रन्जे साह र जगदिश साहको एक वर्षीया छोरी खुश्बु साह खेल्ने क्रममा शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर गम्भीर घाइते भएको अवस्थामा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा लगिएको थियो ।
सेफ्टी ट्याङ्कीमा डुबेर मङ्गलबार राति घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिनुभयो ।