२०८२ फाल्गुन २६ , मंगलबार

कतारमा इरानी हमला, इरान-इजरायल संघर्ष नयाँ मोडमा

Iran-attack-Qatar-1024×640

सुनाखरी न्युज/ काठमाडौं ।

इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा सोमबार मिसाइल आक्रमण गरेको छ ।

आक्रमण गरेसँगै इरान-इजरायल संघर्षले नयाँ मोड लिएको छ ।

इरान-इजरायल द्वन्द्वसँगै विश्वका शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण तीब्र भएसँगै मंगलबार झिसमिसेमा मध्यपूर्वमा भुसको आगोजस्तै फैलन सुरु गरेको उक्त संघर्षले नयाँ रूप लिएको हो ।

 

इजरायलको पक्षमा उभिँदै अमेरिकाले पनि इरानका महत्वपूर्ण आणविक केन्द्रहरूलाई निसाना बनाउँदै हमला सुरु गरेपछि मध्यपूर्वमा सुरु भएको तनाव थप विस्तार हुने सम्भावना बढेको थियो ।

तर मंगलबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल पूर्ण युद्धविरामका लागि सहमत भएको दाबी गरेसँगै मध्यपूर्वको विस्तारित सशस्त्र संघर्ष तत्कालको लागि अन्त्य हुने संकेत देखिएको हो ।