२०८२ फाल्गुन २३ , शनिवार

सुनचाँदी व्यवसायीको संरक्षण गर्न आर्थिक समितिको निर्देशन

Artha Samitee

सुनाखरी न्युज/ काठमाडौं ।
संसदको आर्थिक समितिले सुनचाँदी व्यवसायीको संरक्षण गर्न निर्देशक दिएको छ ।
सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले सोमबार  सरकारलाई उद्योगी व्यवसायीको संरक्षण गर्न र राज्यले पनि आफ्नो कर प्रणाली चुस्त बनाउन निर्देशन दिएको हो ।

समितिको तर्फबाट निर्देशन दिँदै समितिका सभापति सन्तोष चालिसेले अरू देशमा बजार नजाने गरी उद्योगी व्यवसायीको संरक्षण गर्ने गरी यसलाई सम्पूर्ण शुद्धीकरण गर्नुपर्ने बताए । उद्योगी व्यवसायी बाँकी रहेमात्रै कर उठ्ने भन्दै उनले उद्योगी व्यवसायीको संरक्षण गर्ने किसिमको नीति आवश्यक रहेको बताए ।

 

समितिमा सोमबार आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो ।

समितिको वैठकमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली र रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारले सुनचाँदी ब्यवसायीका समस्या उजागर गर्नुभएको थियो ।