
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त प्रतिनिधमिण्डलले आइतबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सँग भेटवार्ता गरेका छन् । गत साता पनि सभापति देउवासँग भेटगरेका ब्यवसायीहरुले एकहप्ता भित्रै आज दोस्रो पटक भेटमावार्ता गरेका हुन् ।
सुनचाँदी ब्यवसायीहरुले २०८२–०८३ को बजेट वक्तव्यमार्फत सरकारले सुनचाँदी, हिरा, जवाहतरात ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्येक्षरुपमा असर पर्ने गरी विलासिता कर र भ्याटको नाममा चर्को भार पार्न खोजेको भन्दै त्यसलाई तत्काल फिर्ता लिने वातावरण निर्माण गरिदिन आग्रह गरे ।
त्यसक्रममा काँग्रेस सभापति देउवाले सुनचाँदी ब्यवसायीले उठाएका बिषयलाई आफूले गंभिररुपमा लिएको उल्लेख गर्दै समस्या समाधानका लागि सम्वन्धित निकायसँग आग्रह गर्ने आश्वासन दिनुभयो ।
सरकारले बजेट बक्तब्य मार्फत सुन तथा सुनका गहनाको विक्रीमा २ प्रतिशत विलासिता कर लगाउने, हिरा जवाहरातमा १३ प्रतिशत भ्याट लगाउने लगायतका अब्यवहारिक नीति समावेस गरेको छ । यसअघि नै भारतमा भन्दा नेपालमा ४ प्रतिशत बढी हुनेगरी १० प्रतिशत भन्सार दर कायम भैरहेको छ । नयाँ ब्यवस्था अनुसार करका दर कार्यान्वयन भए त्यसको प्रभावले एक तोला सुनकोमुल्यमा ६ प्रतिशत विलासिता कर र १३ प्रतिशत भन्सार गरी १९ प्रतिशत भन्दा बढी बोझ थपिने छ ।
बिश्व बजारमा सुनको मुल्य वृद्धि भई सामान्य उपभोक्ताको क्रयशक्ति भन्दा ज्यादा भई कारोबार नै लगभग ठप्प प्राय भएको बिद्यमान अवस्थामा एक पछि अर्को गर्दै करको बोझ थपी ब्यवसायी र उपभोक्ताले थेग्नै नसक्ने गरी भार बोकाइनु जायज नभएको ब्यवसायीहरुको भनाई छ ।
सभापति देउवासँगको भेटका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, मधेस प्रदशे सभापति रामजी साह,लगायत सहभागी हुनु भएको थियो । यस्तै रत्न तथा आभुषण महासंघका अध्यउक्ष किसान सुनार, महासचिव निरवहादुर विके लगायतको पनि सहभागिता रहेको थियो ।