
सुनाखरी न्युज/ काठमाडौं ।
इरानले इसराइलमा आक्रमण गरेको छ। आइतबार राति अमेरिकाले तीन वटा आणविक परियोजना क्षेत्रमा हमला गरेपछि इरानले दिउँसो इसराइलमा मिसाइल हानेको हो। अमेरिकी मिडिया सिएनएनका अनुसार इरानले इसराइलको राजधानी तेल अविभ नजिकै अपार्टमेन्ट भवनहरूमा मिसाइल र ड्रोनले हमला गरेको हो। रानी हमलाबाट त्यहाँका भवनहरू खण्डहरमा परिणत भएको छ। चार तलाका धेरै भवनहरू क्षतिग्रस्त भएको सिएनएनले उल्लेख गरेको छ। इसराइलको स्वास्थ्य मन्त्रालयका अनुसार बिहानदेखिको आक्रमणमा इसराइलमा ८६ जना मानिसहरू घाइते भएका छन्। तीमध्ये ७७ जना मध्यम घाइते छन् ।इरानी हमलाबाट क्षतिग्रस्त भवनको भग्नावशेष हटाउन अहिले त्यहाँ ठूला ठूला मेसिन प्रयोग गरिएको छ। आइतबार बिहान साढे २ बजे अमेरिकाले इरानमा हमला गरेको थियो। अमेरिकाले नतान्ज, फर्दो र इस्फहानको आणविक परियोजनामा हमला गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती आणविक कार्यक्रम ध्वस्त पारिएको दाबी गरेको छ।