
सुनाखरी न्युज/ काठमाडौं ।
संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार खसेका छन् । उनलाई अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको संसद् भवन परिसरका एक सुरक्षाकर्मीले जानकारी दिए ।उनको कुहिना र गोडामा चोट लागेको छ । ती कामदार छतमा मर्मतको काम गर्दागर्दै केहीबेर अघि खसेका हुन् ।