२०८२ फाल्गुन २७ , बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका-८ थानफेना घर भएका १९ वर्षीय बसन्त बिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।