२०८२ फाल्गुन २६ , मंगलबार

मनसुन भित्रिएसँगै बढ्न थाले सङ्क्रामक रोग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मनसुन भित्रिएसँगै सङ्क्रामक रोगहरूको जोखिम बढ्न थालेको छ । पछिल्लो दुई सातायता डेंगु, झाडापखला, रुघाखोकी, ज्वरो, कोभिड र सर्पदंशका बिरामीहरूको चाप अस्पतालमा देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष तुलनात्मक रूपमा बढी पानी पर्न सक्ने आकलन गरेको छ, जसले सरुवा रोगहरू बढी मात्रामा फैलिन सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् ।