
सुनाखरी न्युज/ काठमाडौं ।
भारतीय बक्सअफिसमा पहिलो दिन १०.५० करोड भारु ओपनिङ गरेको आमिर खान स्टारर ‘सितारे जमीन पर’ले दोस्रो दिन शनिबार उत्साहजनक कमाइ गरेको छ । भारतीय फिल्मको ब्यापार विश्लेषण गर्ने एजेन्सी स्याकनिल्कका अनुसार यो फिल्मको दुई दिनसम्मको कमाई ३० करोड भारु नाघेको छ । दोस्रो दिन झण्डै दोब्बर कमाइ देखिएको हो ।सबै भाषामा दोस्रो दिन शनिबार भारतभर २१.५० करोड भारु कमाइ भएको उल्लेख छ । आरएस प्रसन्न निर्देशित फिल्मको दुई दिनसम्मको कूल कमाई ३२.२० करोड भारु पुगेको छ । आमिर खानको स्टारडम र सकारात्मक ‘वर्ड अफ माउथ’को कारण फिल्मले सुखद कमाइ गरेको हो । शनिबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ३१.१६ प्रतिशत थियो ।
रासस