
सुनाखरी न्युज/ काठमाडौं ।
आइतबार पनि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर विपक्षी दलहरूले जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् । अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभाकक्षबाट बाहिरिएको छ ।भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर यी दुई दल २६ दिन देखि संसद्मा विरोध गरिरहेका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने वेल घेराउ गरेको छ ।