
सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८०/०४/०२ गते बरामद भई आएको ६० किलो अवैध सुन अनुसन्धान सम्बन्धमा भन्सार चोरी पैठारी तथा संगठित अपराध मुद्धामा फरार रहेकी प्रतिवादी अमला रोकालाई यस ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले मिति २०८२ /०३/०६ गते काठमाडौं जिल्ला टोखा न.पा. वडा नं. ३ सुर्यदर्शन टोलबाट पक्राउ गरिएको ।
पक्राउ भएका व्यक्तिको विवरण :
नामथर: अमला रोका
उमेर: ४४ बर्ष
ठेगाना: जिल्ला रोल्पा थवाङ गा.पा. वडा नं.२ घर भई काठमाडौं जिल्ला टोखा न.पा.वडा नं. ३ सुर्यदर्शन टोल बस्ने ।
पक्राउ मितिस् २०८२/०३/०६ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाडौं टोखा न.पा. वडा नं. ३ सुर्यदर्शन हाइट ।
कारवाही:-
आवश्यक कानूनी कारवाहीको लागि सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहल, काठमाडौं बुझाइने ।