
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाले अवरोध गरेका छन्। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर सांसदहरू अवरोधमा छन् ।
आज संसद्मा रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएकाले तत्काल सुनुवाई हुनुपर्ने बताएकी थिईन् ।
राप्रपाकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखेकी थिईन् ।