२०८२ फाल्गुन २७ , बुधवार

बरण्डाबाट लडेर मृत्यु

death

सुनाखरी न्युज/ काठमाडौं ।

घरको बरण्डाबाट लडेर एक जना महिलाको ज्यान गएको छ । धनकुटा नगरपालिका–१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको ज्यान गएको हो । आज बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ । उच्च रक्तचापकी बिरामी रहेकी उहाँ बिहान कोठाबाट बरण्डामा निस्कने क्रममा लड्नुभएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

रासस